श्रीमान्-श्रीमतीको बझाइले गुम्यो मुख्यमन्त्री 

सुदूरपश्चिम प्रदेश सभामा ५१ सांसद (५३ सस्यीय सभामा १ को मृत्यु, १ पदमुक्त) छन् । बहुमतका लागि २६ सांसद भए पुग्थ्यो ।

नेपालभ्युज

श्रीमान्-श्रीमतीको बझाइले गुम्यो मुख्यमन्त्री 

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) पछिल्लो संसदीय निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएको पार्टी हो ।

रेशम चौधरी जेलमै हुँदा उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा गठन भएको पार्टीले पछिल्लो संसदीय निर्वाचनमा प्रतिनिधि सभामा ३ र सबै प्रदेश सभामा गरी १२ सिट जित्यो । त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिममा ७, लुम्बिनीमा ४ र मधेसमा १ सिट जित्यो ।

निर्वाचनभन्दा ९ महिनाअघि मात्रै गठन भएको नाउपा २०७९ पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारमा सामेल भयो । पछि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी मन्त्रीसमेत बनिन् । जुन बेलासम्म पार्टीका संरक्षकसमेत रहेका अध्यक्ष श्रेष्ठको श्रीमान् रेशम चौधरी जेलमै थिए ।

पछि रेशमलाई राष्ट्रपतिको आममाफी मिल्यो र जेलबाट छुटे । त्यसपछि भएको पार्टीको पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनलाई निर्वाचन आयोगले वैधानिकता दिएन ।

त्यसो त अध्यक्षमा रञ्जिताले आफ्नै निरन्तरता खोजेकी थिइन् । तर, रेशम बढी महत्वाकाङ्क्षी भए र अध्यक्ष बने । तर, निर्वाचन आयोगले वैधानिकता दिए । निर्वाचन आयोगको निर्णयपछि हौसिएकी रञ्जिताले पार्टीलाई पुन: आफ्नै नेतृत्वमा हाँक्न थालिन् । त्यसपछि विस्तारै श्रीमान्-श्रीमती अर्थात् रेशम-रञ्जिताबीच राजनीतिक द्वन्द्व सुरू भयो र पार्टी पनि दुई खेमामा विभाजित हुन पुग्यो ।

यसको प्रत्यक्ष परिणाम अहिले सुदूरपश्चिम प्रदेश सरकार गठनमा देखिएको छ । सुदूरपश्चिममा नाउपासँग ७ सांसद छ । उसले मुख्यमन्त्री पाइसकेको थियो, केन्द्रीय सत्ता गठबन्धनमा त्यो सहमति बनिसकेको थियो । तर, श्रीमान्-श्रीमतीकै घर-झगडाका कारण हात लागिसकेको मुख्यमन्त्री पद गुम्यो ।

केन्द्रीय सत्ता गठबन्धनले नाउपाको नाममा सहमति गरेपछि रेशम लक्ष्मणकिशोर चौधरी र रञ्जिता कैलाश चौधरीको पक्षमा समीकरण बनाउन जुटे । यसै कारण नाउपाले पाइसकेको  मुख्यमन्त्री पद गुमायो ।

सुदूरपश्चिम प्रदेश सभामा ५१ सांसद (५३ सस्यीय सभामा १ को मृत्यु, १ पदमुक्त) छन् । बहुमतका लागि २६ सांसद भए पुग्थ्यो । नाउपाका ७ मध्ये तत्काल ६ सांसदले संसदीय प्रक्रियामा भाग लिन पाउँथे । माओवादी केन्द्रका सभामुखबाहेक १० र एमालेका १० गरी त्यो सङ्ख्या पुग्थ्यो ।

स्वतन्त्र सांसद तारा जोशीले पनि गठबन्धनलाई नै सघाउने बताएकी थिइन् । त्यहाँ केबल नाउपाभित्रको एकता भए पुग्यो । तर, त्यो हुन सकेन । श्रीमान्-श्रीमतीले फरक समीकरण बनाउनतर्फ लागे । यसैले मुख्यमन्त्री पद गुम्यो ।

रेशम-रन्जिताको रमिता, विभाजनको सङ्घारमा नाउपा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved