वैवाहिक बन्धनमा बाँधिइन् एलिना चौहान

नेपालभ्युज

वैवाहिक बन्धनमा बाँधिइन् एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले बागलुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।

विष्णु जन्ती लिएर मंगलबारै झापा पुगेका थिए । उनी बागलुङबाटै गएका हुन् ।

मंगलबार उनीहरूको मेहन्दी समारोह थियो । बुधबार परम्परागत रीतिरिवाजपूर्वक विवाह भएको हो । अहिले पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ ।

अस्ट्रेलियामा बस्दै आएका विष्णु पनि केही समयअघि नेपाल फर्किएका थिए । एलिना र विष्णु केही समयदेखि प्रेममा थिए ।

प्रेमी विष्णुसँग विवाह गर्दै एलिना, गीत चलाउन ‘ब्रेकअप’को हल्ला गर्दै दर्शकलाई ‘चिटिङ’ !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved