छत्तीसगढमा सुरक्षाकर्मीसँगको भिडन्तमा २९ जना माओवादी विद्रोही मारिए

नेपालभ्युज

छत्तीसगढमा सुरक्षाकर्मीसँगको भिडन्तमा २९ जना माओवादी विद्रोही मारिए
प्रतिकात्मक तस्वीर

एजेन्सी । भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने विद्रोही माओवादीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ ।

सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको बताइएको छ ।

झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएको बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

भारतमा विद्रोही समूह माओवादीले सन् १९६७ देखि भूमिगत रूपमा छापामार युद्ध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved