इराकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको जेल सजाय

नेपालभ्युज

इराकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको जेल सजाय

काठमाडौं । इराकको संसद्‌ले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ ।

बीबीसीका अनुसार सो विधेयकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको सजायको व्यवस्था छ ।

नयाँ कानुनअनुसार तेस्रोलिङ्गीलाई पनि एकदेखि तीन वर्षसम्म जेल पठाउन सकिनेछ ।

नयाँ कानूनका समर्थकहरू विश्वास गर्छन् कि यसले देशमा धार्मिक मूल्य मान्यताहरू कायम राख्न मद्दत गर्नेछ।

विधेयकको विरोध गर्ने समूहहरूले भने इराकले यस कानून मार्फत् समलिङ्गी समुदायको अधिकारको हनन जारी राख्नेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved