१४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीको छापा, २१ गाडी र २० मोटरसाइकल नियन्त्रणमा

नेपालभ्युज

१४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीको छापा, २१ गाडी र २० मोटरसाइकल नियन्त्रणमा
फाइल तश्वीर

काठमाडौं । काठमाडौं उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मार्दा ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको फेला पारेको छ ।

यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको, पाँच वर्षभन्दा बढी समय नवीकरण नगरेको समेत फेला परेको एसपी रविन्द्र  रेग्मीले बताए ।

छापा मार्ने क्रममा प्रहरीले २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved