हिँडेर अस्पताल गएकी भिमाको ज्यान गएको एक साता पुग्यो, आफन्तले अझै बुझ्न मानेनन् शव

हिँडेरै उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी उनको पाठेघर सफा गर्ने क्रममा चैत २९ गते ज्यान गएपछि आफन्तले शव बुझेका छैनन् ।

नेपालभ्युज

हिँडेर अस्पताल गएकी भिमाको ज्यान गएको एक साता पुग्यो, आफन्तले अझै बुझ्न मानेनन् शव

दैलेख । दैलेखको आठबीस ५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा ज्यान गएको एकसाता पुग्दा पनि शव अझै अस्पतालमा छ ।

हिँडेरै उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी उनको पाठेघर सफा गर्ने क्रममा चैत २९ गते ज्यान गएपछि आफन्तले शव बुझेका छैनन् ।

उनमा तल्लो पेट दुख्ने र रगत बग्ने समस्या थियो । नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलमा सिपाही पदमा कार्यरत भिमाका श्रीमान् नमराजले हिँडेरै अस्पताल लगेका थिए ।

तर, उपचारका क्रममा ज्यान गयो । परिवार र आफन्तले अस्पतालको टोलीले अप्रेसनमा लापर्बाही गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् ।

भिमाको शव अझै अस्पतालमै रहेको छ । मृतका परिवारले उपचारमा लापर्बाही गर्नेलाई कारबाहीको माग राखेर पीडित पक्षले आन्दोलन गर्दै आएका छन् ।

मृतकको आठ महिने छोरीको पालनपोषण र शिक्षाको व्यवस्था, परिवारका एक जनालाई रोजगारी माग गर्दै आएका छन् । आफ्ना मागमा सरकारी पक्षबाट बेवास्ता गरिएको भन्दै पोस्टमार्टम गर्न पीडित पक्षले अस्वीकार गर्दै आएका छन् ।

पीडित पक्षले बिरोधस्वरुप अस्ति कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए ।

पीडित परिवार, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का तथा प्रशासनको टोलीबीच छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved