प्रेम गीतको सफलतापछि प्रदीपलाई लिएर सुदर्शन थापाले अर्काे फिल्म निर्देशन गर्दै

सुदर्शन थापाले नयाँ लभस्टोरी फिल्म निर्देशन गर्ने भएका छन् । अभिनेता प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएका छन् ।

नेपालभ्युज

प्रेम गीतको सफलतापछि प्रदीपलाई लिएर सुदर्शन थापाले अर्काे फिल्म निर्देशन गर्दै

काठमाडौं । सुदर्शन थापाले नयाँ लभस्टोरी फिल्म निर्देशन गर्ने भएका छन् । अभिनेता प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएका छन् ।

मंगलबार निर्माता तथा निर्देशक थापा र अभिनेता खड्काबीच लिखित सम्झौता भएको छ ।

सम्झौतापछि निर्देशक थापाले प्रेमगीतको पहिलो भागले जुन छाप छाडेको थियो, त्यसलाई निरन्तरता दिन खोजेको बताए ।

यसअघि यी दुईजनाले आठ वर्षअघि रिलिज भएको लभस्टोरी फिल्म ‘प्रेमगीत’मा सहकार्य गरिसकेका छन् ।

सुदर्शन आगामी होम–प्रोडक्सन फिल्म ‘रावायण’को छायांकन सकिएपछि प्रदीप स्टारर फिल्मको निर्माण गर्ने तयारीमा छ । २०८१ सालभित्रै निर्माण र प्रदर्शनको लक्ष्यसहित उनी अघि बढ्न चाहन्छन् ।

सुदर्शनको आगामी फिल्म ‘रावायण’ वैशाखदेखि नै छायांकन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved