एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि कानुनी उपचारमा जाने तयारीमा लक्ष्मणकिशोर

सरकार गठनका लागि पुनः आह्वान गर्ने तयारी

नेपालभ्युज

एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि कानुनी उपचारमा जाने तयारीमा लक्ष्मणकिशोर

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेका छन् ।

नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका चौधरीले एकीकृत समाजवादीले समर्थन नरहेको पत्र बुझाएपछि प्रदेश प्रमुख मियाँलाई निवासमै पुगेर भेटेका हुन् ।

चौधरीले मियाँलाई भेटेर आफूले दाबी पेस गर्दा बुझाएको कागज पत्रको प्रतिलिपि मागेका छन् ।

जबरजस्ती संविधानमा भएको व्यवस्था विपरीत लैजाने काम भएकोले बताउँदै कानुनी उपचारमा जाने चौधरीले जानकारी दिए ।

चौधरीले प्रदेश प्रमुखको कदमअनुसार आवश्यक निर्णय लिइने बताए।

वैशाख २ गते कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नाउपाकै कैलाश चौधरीले पनि एमाले–माओवादीको समर्थनमा दाबी पेस गरेका थिए ।

सोही कारण प्रदेश प्रमुखले यसबारे कुनै निर्णय लिएका छैनन् ।

केन्द्रमा नेताहरूबीच एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि संसदीय दलका नेता दीर्घ सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

प्रदेश प्रमुख मियाँले दुवैको दाबी नपुगेको भन्दै सरकार गठनका लागि पुनः आह्वान गर्ने तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved