जनमत पार्टीको नाराबाजीपछि मधेस प्रदेशसभा बैठक स्थगित

नेपालभ्युज

जनमत पार्टीको नाराबाजीपछि मधेस प्रदेशसभा बैठक स्थगित

काठमाडौं । मधेस प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

जनमत पार्टीका सांसदहरुले नाराबाजी गर्दै  रोस्ट्रम घेराउ गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।

मंगलबारको बैठक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको थियो ।

सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीका सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

मुख्यमन्त्रीले माफी नमागेसम्म बैठक चल्न नदिने जनमतको अडान छ ।

यसअघि फागुन १५ गते बोलाइएको प्रदेशसभा बैठकमा जनमतका सांसदहरुले अवरोध गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

गत माघ ८ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विभागीय मन्त्रीलाई जानकारी नदिएको भन्दै जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज तथा वलको प्रयोग गर्दा मधेस सरकारका तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवको टाउको फुटेको थियो भने केही प्रदेशसभा सदस्यहरूलाई चोट लागेको थियो ।

जनमतका सांसदले मुख्यमन्त्रीको निर्देशनमा आफूहरूमाथि कुटपिट भएको भन्दै सरकार छाडेका थिए । त्यसयता सो पार्टीले बैठक अवरुद्ध गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved