छोरी सुहानाको डेब्यू फिल्ममा शाहरुखले गरे २०० करोड लगानी

नेपालभ्युज

छोरी सुहानाको डेब्यू फिल्ममा शाहरुखले गरे २०० करोड लगानी

काठमाडौं । हाल बलिउड अभिनेता शाहरूख खान निर्देशक सुजोय घोषको एक्शन फिल्म ‘किंग’मा काम गरिरहेका छन् ।

उनकी छोरी सुहाना पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दैछिन् ।

यस फिल्मलाई शाहरूखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण गर्दैछन् ।

मिडिया रिपोर्टका अनुसार शाहरूखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड रूपैयाँ लगानी गरेका छन् ।

बलिउड हंगामाको रिपोर्ट अनुसार शाहरूख शाहरूखको महत्वाकांक्षी एक्शन फिल्म हो । यो चलचित्रको प्रि-प्रोडक्सनमा विगत एक वर्षदेखि टिमले काम गरिरहेको छ ।

शाहरूख आफैंले छोरीको डेब्यु फिल्मलाई ठूलो बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

स्रोतहरूको विश्वास गर्ने हो भने, किंगसँग सम्बद्ध फिल्म निर्माता सिद्धार्थ आनन्दले केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकहरू बोर्डमा ल्याउने प्रयास गरिरहेका छन्।

सिद्धार्थ शाहरूखसँग मिलेर यो फिल्मलाई ग्लोबल एक्शन थ्रिलर बनाउने काम गरिरहेका छन् । उनले अन्तर्राष्ट्रिय स्टन्ट विज्ञहरूसँग फिल्मको स्टन्ट डिजाइन गर्दैछन् र भिएफएक्सको सहयोगमा यसलाई वास्तविक टच दिन व्यस्त छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved