कीर्तिमानी लक्ष्यमा जवाफी ब्याटिङ गरेको बेंगलुरु हैदराबादसँग पराजित

नेपालभ्युज

कीर्तिमानी लक्ष्यमा जवाफी ब्याटिङ गरेको बेंगलुरु हैदराबादसँग पराजित

काठमाडौं। आईपीएलमा सन्राइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ।

चिन्नास्वामी स्टेडियम बेंगलुरुमा सोमबार राति भएको खेलमा हैदराबादले बेंगलुरुलाई २५ रनले पराजित गरेको हो।

२८८ रनको कीर्तिमानी लक्ष्यमा जवाफी ब्याटिङ गरेको बेंगलुरुले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २६२ रन बनायो। बेंगुलुरुका लागि दनेश कार्तिक र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले पनि जितको लागि पर्याप्त हुन सकेन।

कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ८३ रन बनाए। फाफ डु ले २८ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाए। हैदराबादका लागि प्याट कमिन्सले ३ तथा मयंक मार्कण्डेले २ विकेट लिए।

मुम्बईविरुद्ध बनाएको २७७ रनको आफ्नै कीर्तिमान तोड्दै हैदाराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको कीर्तिमानी लक्ष्य दिएको हो।

हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो । यो आईपीएल इतिहासकै उच्च योगफल हो ।

हैदराबादका लागि विष्फोटक ब्याटिङ गर्दै ट्रविस हेडले शतकीय पारी खेले। हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रन प्रहार गरे । हेनरिक क्लासेनले भने ३१ बलमा २ चौका ७ छक्का प्रहार गर्दै ६७ रन बनाए।

बेंगलुरुका लोकी फर्गुसनले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबदले मुम्बईविरुद्ध बनाएको २७७ रनको आफ्नै कीर्तिमान तोड्दै रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको कीर्तिमानी लक्ष्य दियो।

हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो । यो आईपीएल इतिहासकै उच्च योगफल हो ।

हैदराबादका लागि विष्फोटक ब्याटिङ गर्दै ट्रविस हेडले शतकीय पारी खेले। हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रन प्रहार गरे । हेनरिक क्लासेनले भने ३१ बलमा २ चौका ७ छक्का प्रहार गर्दै ६७ रन बनाए।

बेंगलुरुका लोकी फर्गुसनले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved