नाबालिगलाई जर्बजस्ती यौनजन्य कार्यमा लगाउने दुई महिला पक्राउ

नेपालभ्युज

नाबालिगलाई जर्बजस्ती यौनजन्य कार्यमा लगाउने दुई महिला पक्राउ

काठमाडौं । ब्यूटीपार्लर र स्पाको नाममा नाबालिगलाई जर्बजस्ती यौनजन्य कार्यमा लगाउने दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका स्थायी घर भएकी ३४ वर्षीया पुजा लोवा र चितवनको विरेन्द्रनगरकी ४३ वर्षीया गंगा मगर भनिने ओमकुमारी पुन छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरुले चाबहिलमा फ्रेन्डसिप ब्युटी एन्ड स्पा सन्चालन गर्दै आएका थिए ।

स्पामा आउने ग्राहकसँग नाबालिगलाई यौनजन्य कार्यका लागि बाध्य बनाउने गरेको र रातको समयमा विभिन्न होटल, रेस्टुरेन्ट तथा गेस्ट हाउसहरुमा पठाउने पाइएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको अनुसन्धान ब्यूरोले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved