हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

नेपालभ्युज

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा हङकङ १७.५ ओभरमा ११४ रन बनाएर अलआउट भएको हो।

हङकङका लागि अन्शुमान रथले सर्वाधिक ३४ रन बनाए। कप्तान निजाकत खानले १२ रन बनाए। अन्य ५ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि अविनाश बोहराले ३, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले २–२ तथा करण केसीले १ विकेट लिए।

वर्षाको कारण खेल १८ ओभरमा घटाइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved