हङकङविरुद्ध अविनाशले लिए सातौं विकेट

नेपालभ्युज

हङकङविरुद्ध अविनाशले लिए सातौं विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा हङकङविरुद्ध नेपालले सातौं विकेट लिएको छ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका अविनाश बोहराले सातौं विकेट लिएका हुन्। अविनाशको यो दोस्रो विकेट हो।

उनले हङकङका नसरुल्ला रानालाई ६ रनमा आउट गरे। यसअघि ललित राजवंशीले २ र करण केसीले १ विकेट लिए।

टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै हङकङ ब्याटिङमा उत्रिएको हो। हङकङले १५ ओभरमा ७ विकेटको क्षतिमा ९० रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved