नेपालले दियो कतारलाई २११ रनको लक्ष्य, अन्तिम ओभरमा दीपेन्द्रको ६ छक्का

नेपालभ्युज

नेपालले दियो कतारलाई २११ रनको लक्ष्य, अन्तिम ओभरमा दीपेन्द्रको ६ छक्का

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २१० रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । उनले उनले २१ बलमा ३ चौका र ७ छक्काको मद्धतमा ६४ रन बनाए । त्यस क्रममा उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरे ।

साथै, ओपनर आसिफ शेखले पनि अर्धशतकिय पारी खेले । उनले ४१ बलमा ६ चौकाको मद्धतमा ५२ रनको योगदान गरे ।

अर्का ओपनर कुशल भुर्तेल भने १२ रनमै आउट भए ।

कुशल मल्लले ३५ रन बनाए । त्यसक्रममा उनले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान रोहितकुमार पौडेलले १८ , सन्दीप जोराले ७, गुल्शन झाले ५ र विवेक यादवले ५ रन बनाए ।

कतारका लागि हिमांशु राठोड र मुसावर शाहले ३/३ तथा अमिर फारुकले एक विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved