भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु, ६० वटा भेडा मरे

नेपालभ्युज

भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु, ६० वटा भेडा मरे
सांकेतिक तस्वीर।

सुर्खेत। हुम्लामा भेडीगोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

सर्केगाड गाउँपालिका–८ रादेउमा बिहीबार राति भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार राति ऐडीले तापिरहेका आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो ।

भेडीगोठ आगलागी हुँदा ऐडीको मृत्यु भएको हो ।

प्रहरीले मुचुल्का गरेर शव घरपरिवार र आफन्तको जिम्मा लगाइएको निरीक्षक चन्दले बताए ।

यस्तै, भेडीगोठमा १२० भेडामध्ये ६० वटा जलेर मरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved