बद्री पङ्गेनी र चन्दा अर्यालको गीत ‘पिरिम लगाम कान्छी’मा पल शाह र उषा

चर्चित गायक बद्री पङ्गेनी र चन्दा अर्यालको नयाँ नेपाली गीत ‘पिरिम लगाम कान्छी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनीको आधिकारिक युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको छ ।

नेपालभ्युज

बद्री पङ्गेनी र चन्दा अर्यालको गीत ‘पिरिम लगाम कान्छी’मा पल शाह र उषा

काठमाडौं । चर्चित गायक बद्री पङ्गेनी र चन्दा अर्यालको नयाँ नेपाली गीत ‘पिरिम लगाम कान्छी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनीको आधिकारिक युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको छ ।

गीतको भिडिओमा पल शाह, उषा उप्रेती र सामिया कार्कीको फिचर्ड छन् ।

भिडिओको कोरियोग्राफर निर्देशक काजिश श्रेष्ठ हुन् । प्रशान्त मगरले सहायक निर्देशन गरेका हुन् । भिडिओ सम्पादन मनोज कार्कीले गरेका हुन् ।

गीतको शब्द र सङ्गीत श्रीकृष्ण बम मल्लको हो । एरेन्जर सुदीप सागर हुन् । कोरसमा सामूहिक भोकल प्रदीप त्रिपाठी, श्रीकृष्ण बम मल्ल, बन्दना पाण्डे र अनु रोक्का मगरको छ । गीतको रेकर्डिस्ट र मास्टरिङ मनोज परियारले गरेका हुन् ।

चन्दा अर्याल र बद्री पङ्गेनीको यसअघि ‘खान्न म त पिँडालु कोक्यायो’ भन्ने गीत आएको थियो ।

त्यो गीत पनि राम्रै चलेको थियो । चन्दाले २ वर्षअघि म्याक्सम खातीसँग गाएको ‘करिमैको दोष’ गीत चर्चामा थियो । नेत्र भण्डारीसँग चन्दाले स्वर दिएको ‘स्याउ ल्याइदिऊँ कि केरा’ सर्वाधिक चर्चामा थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved