एमाले र माओवादीबीच भागबण्डा नमिल्दा कर्णाली सरकार गठनमा बिलम्ब

एमाले र माओवादीबीच भागबण्डा नमिल्दा कर्णाली सरकार गठनमा बिलम्ब

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबीच सहमति नजुट्दा नयाँ मुख्यमन्त्री रुपमा रहेका एमाले संसदीय दलका नेता यामलाल कँडेलको दाबी प्रक्रिया रोकिएको छ ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच केन्द्रमा भएको सहमतिअनुसार भागबण्डा नमिल्दा नयाँ सरकार गठनमा सकस देखिएको हो ।

केन्द्रको सहमति विपरित अडिएका मुख्यमन्त्री राजकुमार शर्माले प्याकेजमा सहमति चाहिन्छभन्दा नयाँ सरकार गठनमा ढिलाइ भएको हो ।

माओवादीको संसदीय दलको बैठकले सरकार गठनका लागि सहमति गर्ने जिम्मा माओवादी संसदीय दलका नेता शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्नुअघि नै एमालेसँग प्याकेजमा सहमति हुनुपर्ने अडान राखेका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि सात दिनको समय दिएका छन् ।

यता माओवादीले भने सभामुखसहित, मन्त्रालयको संख्या र आलोपालो मुख्यमन्त्रीको टुंगो नलगाएसम्म अघि नबढ्ने अडान लिएको छ ।

माओवादीले अड्को थापेपछि एमालेका संसदीय दलका नेता कँडेलले बुधबार गर्ने भनिएको मुख्यमन्त्री लागि दाबी पेस गर्ने कार्यक्रम रोकिने भएको छ ।

एमाले पहिला मुख्यमन्त्री नियुक्ति गर्ने काम सकिएपछि बाँकी भागबण्डाको विषयमा छलफल गर्ने पक्षमा छ । तर, माओवादीले पहिला नै टुङ्गो लगाउनुपर्ने बताइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved