इलाम-२ मा कांग्रेस उम्मेदवारको अझै लागेन टुंगो, बुधबार पुन: बैठक बस्ने

नेपालभ्युज

इलाम-२ मा कांग्रेस उम्मेदवारको अझै लागेन टुंगो, बुधबार पुन: बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ मा अझै उम्मेदवारको टुंगो लगाउन सकेन । मंगलबार बसेको कार्यसम्पादन समिति बैठकले पनि उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन नसकेको हो  ।

बैठकमा सहभागी एक नेताका अनुसार  सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले उम्मेदवारको टुंगो नलागेको हो ।

बैठकमा  इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने सभापति देउवाको धारणालाई शेखर–गगन पक्षले अस्वीकार गरेको ती नेताले बताए ।

शेखर-गगन पक्ष भने  इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडानमा रहेको बताइएको छ ।

उम्मेदवार टुंगो लगाउन बुधबार दिउँसो २ बजे पुन: बैठक बस्ने  बताइएको छ । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले यसअघि नै उम्मेदवार टुंगो लगाईसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved