रविप्रति गगन थापाको कटाक्ष– भगवान् प्रश्नभन्दा माथि छन्, लुटे पनि सहनुपर्ने दिन आयो

नेपालभ्युज

रविप्रति गगन थापाको कटाक्ष– भगवान् प्रश्नभन्दा माथि छन्, लुटे पनि सहनुपर्ने दिन आयो

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले रास्वपा नेतृत्वमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको भन्दै टिप्पणी गरेका छन् ।

दोस्रो चरणको संवाद यात्रा सुरु गर्दै उनले कांग्रेसले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेको तर नयाँ पार्टीमा त्यसो नभएको बताए ।

पार्टीको कार्यक्रम सार्वजनिक रूपमै राखेर पार्टीको समस्या समाधान गरिरहेका उनले बताए । नेतालाई आफ्नो कुरा भन्न पनि पाउने, आफ्नो फरक मत राख्न पनि पाउनुपर्ने पार्टी आफूलाई मन पनि परिरहेको उनले सुनाए ।

रास्वपा सभापति रवि लामिछानेप्रति टिप्पणी गर्दै थापाले प्रश्नभन्दा माथि रहेको बताए ।

उनले भने– ‘हामीले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । हामीलाई यो मन पनि पर्छ । अरू पार्टी हेर्नुस् त । एमालेमा अहिले पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बाभन्दा मुनि सबै जना हुने । नयाँ पार्टीमा पनि त्यस्तै छ । अध्यक्ष भनेपछि भगवान् । भगवान् चाहिँ प्रश्नभन्दा माथि । भगवानले ठगे पनि लुटे पनि सहनैपर्ने दिन आयो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved