प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटघाट, प्रतिपक्षीको सहयोग खोज्दै प्रचण्ड

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटघाट, प्रतिपक्षीको सहयोग खोज्दै प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीसँगको भेटघाटलाई तिब्रता दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न देउवा आज बिहान बालुवाटार पुगेका हुन् ।

यसअघि पनि दुई नेताबीच दुई दिन अघि अबेर राती भेट भएको थियो । दुई शीर्ष नेताबीच भएको भेटमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार बस्ने संवैधानिक बैठकका विषयमा पनि कुराकानी भएको छ । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा सरकारले नियुक्तिको प्रक्रिया सुरु गरेसँगै प्रतिपक्षी दलका नेतासँग प्रधानमन्त्रीको छलफल भएको हो ।

साथै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकका विषयमा प्रचण्ड(Prachanda)ले सर्वसम्मतीको प्रयासका लागि प्रतिपक्षीको साथ खोज्दै आएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved