हुक्का पार्लरबाट पक्राउ परे ‘बिग बोस’ विजेता मुनव्वर

नेपालभ्युज

हुक्का पार्लरबाट पक्राउ परे ‘बिग बोस’ विजेता मुनव्वर

काठमाडौं । कमेडियन तथा टेलिभिजन शो ‘बिग बोस १७’का विजेता मुनव्वर फारुकी प्रकाउ परेका छन्।

दैनिक भास्करका अनुसार मुम्बईको हुक्का पार्लरमा छापा मारेर फारुकीसहित १३ जनालाई प्रकाउ गरेको हो।

यी सबैविरुद्ध मुद्धा समेत दर्ता भएको प्रहरीले जनाएको छ।

फोर्ट क्षेत्रको होटल हुक्का पार्लरमा भएको छापा मारमा संलग्न एक अधिकारीले उक्त हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्रहरीलाई प्राप्त भएको बताए ।

त्यसपछि प्रहरीले छापा मारेर १३ जनालाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिहरूमा मुनवर फारुकी पनि एक हुन् ।

अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४ सय नगद भारु र १३ हजार ५ सय बराबरको ९ थान हुक्का बरामद गरेको छ।

चुरोट र अन्य तंबाकू उत्पादन ऐनको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

तर, मुनव्वरको नाम कुनै विवादमा जोडिएको यो पहिलो पटक भने होइन।

सन् २०२१ मा मुनव्वरमाथि धार्मिक भावना भड्काएको आरोप लागेको थियो।

उनले आफ्नो एक स्ट्यान्ड अप कमेडीमा हिन्दु देवता र देवीहरूको बारेमा विवादास्पद टिप्पणी गरेका थिए । उनीविरुद्ध धेरै राज्यमा एफआईआर पनि दर्ता भएको थियो । त्यसै मुद्दामा उनी पक्राउ परेर ३७ दिन जेलमा बसेर रिहा भएका थिए ।

#MunawarFaruqui

#BigBoss

#IndianRealityShow

#HookahBar

#Mumbai


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved