जागिर छाड्दै भाग्ने प्रहरीको संख्या दिनहुँ बढ्दो, यस्ता छन् कारण

राज्यको लगानी खेर जाँदै

नेपालभ्युज

जागिर छाड्दै भाग्ने प्रहरीको संख्या दिनहुँ बढ्दो, यस्ता छन् कारण

काठमाडौं । नेपाल प्रहरी (Nepal Police)ले आज पनि  सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन निर्देशनसहितको सूचना जारी गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन् । सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।

नेपाल प्रहरीले यस्ता सूचना हरेक महिना प्रकाशित गर्दै आएको छ । हरेक दिन ६ जना प्रहरीले जागिर छाड्ने गरेको प्रहरीकै तथ्यांकले देखाएको छ । अधिकांसले राजीनामा बुझाएर जागिर छाडेका छन् भने कति चाही जानकारी नै नगराई हिड्ने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अघिल्लो वर्षको  ५ वर्ष को अवधीमा ६ हजार ९ सय ८३ प्रहरीले सेवा अवधि पुरा नगरी बीचमा नै जागिर छोडेका छन् ।

नेपाल प्रहरी भित्र जागिर छोड्नेको संख्या बढ्नुका कारण के होला त ?

धेरै कारणमध्ये इगो र संगठनभित्रको अन्यायका कारण राजीनामा दिने गरेको पूर्व प्रहरी अधिकारीहरुको बुझाई छ । तल्लो दर्जामा रहनेहरुले भने प्रहरीको जागिरले परिवार धान्न मुस्किल भएपछि बैकल्पिक पेशा रोज्दा प्रहरीको जागिर छोड्ने गरेको पाइएको छ ।

अधिकांस तल्लो दर्जाका प्रहरी जागिर छोडेर वैदेशिक रोजगारीमा जाने गरेका छन् । प्रहरीभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकनलगायतका कारणले पनि जुनियर प्रहरीहरुले जागिर छाड्ने गरेका हुन् । जागिर छोडेकामध्ये कतिपयले हाकिमका घरमा नोकरले जस्तो काम गर्नु भन्दा आफ्नै सानो तिनो व्यवसाय गर्न बेस ठानेर जागिर छोडेको बताएका छन् ।

प्रहरी प्रशासनभित्रको अन्यायपूर्ण नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतका कारणले पनि जागिर छाड्नेको संख्या बढेको देखिन्छ ।

एउटा सामान्य व्यक्तिलाई जागिरका लागि योग्य बनाउन राज्यले ठूलो लगानी र समय खर्च गरेको हुन्छ । अहिले जसरी प्रहरीहरु सम्पर्कविहिन भएर जागिर छाडिरहेका छन् यसले राज्यको उनीहरुमाथिको लगानी खेर गइरहेको छ ।

#Resignation
#policeheadquarters 

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved