बसको ठक्करबाट दम्पतीको मृत्यु

नेपालभ्युज

बसको ठक्करबाट दम्पतीको मृत्यु
सांकेतिक तस्वीर

जनकपुरधाम । रौतहटको चन्द्रपुरमा बसको ठक्करबाट दम्पतीको मृत्यु भएको छ ।

बागमती सडकखण्डको मंगलपुरमा आज बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमायाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेका दुवैलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि स्थानीयले केहीबेर पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved