जगाती दुर्घटना

भेन्टिलेटरमा राखिएको २ दिनपछि सुशान्तले चलाए खुट्टा, विशाल भण्डारी हिरासतमुक्त

मध्यपुर ठिमी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । २ दिनदेखि अचेत रहेका उनले आइतबार खुट्टा चलाएका छन् ।

नेपालभ्युज

भेन्टिलेटरमा राखिएको २ दिनपछि सुशान्तले चलाए खुट्टा, विशाल भण्डारी हिरासतमुक्त

काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी प्रहरी हिरासतबाट मुक्त भएका छन् ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएको घटनामा पक्राउ परेका उनी सुशान्त बश्यालको परिवारसँग शनिबार बेलुका भएको सहमतिपछि मुक्त भएका हुन् ।

कमेडी च्याम्पियनको टोली चडेको गाडी शुक्रबार राति भक्तपुरको जगातीमा दुर्घटनामा परेको थियो । उनीहरु सवार कारले टिपरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा एकजना कमेडियन सुशान्त बश्याल गम्भीर घाइते भएका छन् । सीसीटीभी रेकर्ड र अरूको बयानका आधारमा पुजन अधिकारीले गाडी चलाएको पाइएको छ ।

तर, सुरुवातमा भने प्रहरीले विशाल भण्डारीले गाडी चलाएको भन्दै हिरासतमा लिएको थियो । गाडिमा सवार सबैले मदिरा सेवन गरेको प्रहरीको दाबी छ ।

दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको अवस्था गम्भीर छ । मध्यपुर ठिमी अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।

२ दिनदेखि अचेत रहेका उनले आइतबार खुट्टा चलाएका छन् । टाउकोमा गहिरो चोट लागेका उनको अवस्थामा हल्का सुधारको संकेत देखिएको चिकित्सकको भनाई छ ।

गम्भीर घाइते भएका सुशान्तको परिवार र कमेडी च्याम्पियनका निर्देशक विशालबीच शनिबार बेलुका सहमति भएको हो । सहमतिपछि विशाल छुटेका हुन् ।

सुशान्तलगायत घाइते सबैको उपचार खर्च कमेडी च्याम्पियनका तर्फबाट विशाल भण्डारीले व्यहोर्ने सहमति भएको छ ।

कमेडियन सुशान्त बश्याल भेन्टिलेटरमा, विशाल भण्डारी हिरासतमा, कारबाही गर्न परिवारको माग

निर्देशक भण्डारीसहित पुजन अधिकारी, सुशान्त बस्याल, प्रकृती गिरी, पवन भट्टराई र रजनिश अर्याल गाडीमा सवार थिए । अगाडिको दुई सीटमा पुजन र विशाल भण्डारी थिए । अरू पछाडि थिए ।

उनीहरु मूलपानीस्थित कमेडी च्याम्पियनको अफिसबाट धुलिखेल जाँदै गर्दा भक्तपुरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved