कमेडियन सुशान्त बश्याल भेन्टिलेटरमा, विशाल भण्डारी हिरासतमा, कारबाही गर्न परिवारको माग

नेपालभ्युज

कमेडियन सुशान्त बश्याल भेन्टिलेटरमा, विशाल भण्डारी हिरासतमा, कारबाही गर्न परिवारको माग

काठमाडौं । शुक्रबार बिहान सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको अवस्था गम्भीर छ ।

मध्यपुर ठिमी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

स्रोतका अनुसार बस्यालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको छ । अहिले उनी अचेत नै छन् ।

बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धी हुन् । अहिले प्रसारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टीममा काम गरिरहेका छन् । कमेडी च्याम्पियनको जारी सिजनका प्रतिस्पर्धी २ जना पनि घाइते छन् ।

दुर्घटनामा परेका अन्य तीनजना भने खतरमुक्त छन् । दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी भने प्रहरी हिरासतमा छन् ।

मदिरासेवन गरेर गाडी चलाएको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गम्भीर घाइते सुशान्तका परिवारले भण्डारी र अधिकारीलाई कारबाहीको माग गरेका छन् ।

आइतबार बिहान ३ बजे उनीहरु नगरकोटबाट फर्किदै गर्दा रोकिएको टिप्परलाई ठक्कर दिएको थियो । कारमा ६ जना सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved