चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते

नेपालभ्युज

चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

शुक्रबार राति जयपृथ्वी नगरपालिका ६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved