अरूणाचल प्रदेशको विवादबारे अमेरिकाले भन्यो : भारतको अभिन्न अंग हो

नेपालभ्युज

अरूणाचल प्रदेशको विवादबारे अमेरिकाले भन्यो : भारतको अभिन्न अंग हो

काठमाडौं । अरूणाचल प्रदेशको विषयलाई लिएर लामो समयदेखि भारत र चीनबीच विवाद चलिरहेको छ ।

अरूणाचलको सीमा विवादमा अब अमेरिकाको पनि प्रवेश भएको छ । हालै अमेरिकाले अरूणाचल प्रदेशमाथिको चीनको दाबीलाई अस्वीकार गर्दै भारतको अभिन्न अंग रहेको घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।

अरूणाचलको विषयमा सोधिएको प्रश्नमा पटेलले भनेका छन्, ‘अमेरिका अरूणाचल प्रदेशलाई भारतको हिस्साको रूपमा मान्यता दिन्छ र हामी वास्तविक नियन्त्रण रेखा (एलओएसी)मा आक्रमण वा घुसपैठ, सैनिक वा नागरिकमार्फत दाबी बढाउने कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्दछौँ ।’

चीनको रक्षा मन्त्रालयका प्रवक्ता चाङ शियायोगैङले अरूणाचल प्रदेश चीनको हिस्सा भएको दाबी गरेपछि अमेरिकाको यस्तो भनाई आएको हो ।

शियायोगैङलेले यो क्षेत्र भारतले अवैध रूपमा कब्जा गरेको बताएका थिए । चीनले अरूणाचल प्रदेशलाई ‘दक्षिण तिब्बत’ भन्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved