‘पुष्पा २’को सेटबाट रश्मिकाको तस्वीर लीक, सामाजिक सञ्जालमा भाइरल

नेपालभ्युज

‘पुष्पा २’को सेटबाट रश्मिकाको तस्वीर लीक, सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । दक्षिण भारतीय फिल्म प्रेमीहरु ‘पुष्पा २’ को प्रतिक्षामा छन् । यस्तो अवस्थामा हालै फिल्मको सेटबाट फिल्मको मुख्य अभिनेत्री रश्मिका मन्डन्नाको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तस्वीरमा रश्मिकाले सुनौलो बोर्डर भएको रातो साडी लगाएकी देखिन्छिन् । उनको घाँटीमा भारी गहना पनि देखिन्छ। उनको तस्वीर फ्यानहरुले मन पराएका छन् ।

‘पुष्पा २’ मा के देखिनेछ ?

एक अन्तर्वार्ताका क्रममा रश्मिकालाई ‘पुष्पा २’ बारे प्रश्न गरिएको थियो । उनले भनेकी थिइन, ‘हामीले फिल्मको आधा छायांकन गरिसकेका छौं । ठुला र लामा खालका गीत छायांकन भइसकेको छ । अब अर्को एउटा गीतको छायांकन हुन बाँकी छ । ‘पुष्पा २’ मा मेरो भूमिका भनेको पुष्पाकी श्रीमती हो । पुष्पाको श्रीमती बन्नुका साथै केही जिम्मेवारी पनि पूरा गर्नु पर्नेछ । यो फिल्ममा धेरै मसाला देखिने पक्का छ ।’

पुरानो टिमसँग काम गर्दा घरजस्तो लाग्छ – रश्मिका

रश्मिकाले पुराना कलाकारलाई फेरि भेट्दा घरजस्तो महसुस भएको बताइन् ।

उनले अल्लु अर्जुन, सुकुमार र बाँकी टिमसँग सिक्वेलको लागि पुन: मिल्न पाउँदा निकै राम्रो महसुस भएको बताइन् ।

तेलुगु सिनेमा नामक वेबसाइटमा प्रकाशित हालैको रिपोर्ट अनुसार निर्माताहरू दोस्रो भागमा केही ग्ल्यामर ल्याउन चाहन्छन्। यो तस्बिरमा जान्हवी कपुर प्रवेश गर्न सक्ने बताइएको छ ।

चलचित्र अगस्ट १५ मा रिलिज हुने

सुकुमारको निर्देशनमा बन्दै गरेको ‘पुष्पा २’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुनेछ । यस फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका, फहद फासिल, जगदीश प्रताप बन्दरी, सुनील, राव रमेश र धनंजयको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

सन् २०२१ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर बक्स अफिसमा ३३२ करोड रुपैयाँ कमाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved