बाख्रा चराउन गएका बाबु छोरीको डढेलोमा जलेर मृत्यु

नेपालभ्युज

बाख्रा चराउन गएका बाबु छोरीको डढेलोमा जलेर मृत्यु
फाइल तस्वीर

काठमाडौं । कालीकोटको खाडाचक्र– ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ ।

स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारको क्रममा मृत्यु भएको हो ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । जलेर गम्भीर घाइते भएका दुवैजनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

जलेर गम्भिर घाइते भएका बाबुछोरीलाई हेलिकोप्टर मार्फत सुर्खेत लगिएको थियो । चौलागाईंका ४५ वटा बाख्रा पनि जलेर मरेका स्थानीयले बताएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved