पक्राउ परेका दुर्गा प्रसाईंका बडीगार्ड पूर्वमाओवादी लडाकु, हतियारसँगै थियो १०० राउन्ड गोली

नेपालभ्युज

पक्राउ परेका दुर्गा प्रसाईंका बडीगार्ड पूर्वमाओवादी लडाकु, हतियारसँगै थियो १०० राउन्ड गोली

काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गरेका दुर्गा प्रसाईंका बडीगार्ड माओवादी पूर्वलडाकु रहेको खुलेको छ ।  दीपक खड्का नाम गरेका उनी झापाको बुद्धशान्ति गाउँपालिका ३ का हुन् ।

उनी पहिला माओवादी सशस्त्र द्वन्द्वमा लडाकु थिए । दुर्गा प्रसाईं पनि कुनै बेला माओवादीमै थिए । तर, खड्का पछि मात्रै प्रसाईंसँग जोडिएका हुन् ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईं पछिल्लो समय सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर भाइरल छन् ।

उनी जहाँ जान्छन्, निजी सुरक्षा गार्ड र गाडीको लावालस्करसहित रवाफ देखाउँदै जाने गर्छन् । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए ।

खड्काको साथमा पक्राउ पर्ने रामकुमार धिमालको पूरा परिचय भने खुलिसकेको छैन ।  खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि-अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए । यस्तै त्यसमा लाग्ने १०० थान गोली बरामद भएको छ ।

 

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved