यस्तो छ नयाँ जसपाको ३० सदस्यीय केन्द्रीय समिति

नेपालभ्युज

यस्तो छ नयाँ जसपाको ३० सदस्यीय केन्द्रीय समिति

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको विभाजनपछि अलग केन्द्रीय कमिटीको बैठक बसेको छ । आइतबार अशोक राईको नेतृत्वमा पक्षले जसपाको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि नयाँ कार्यालय खुशीबुमा बैठक बसेको हो ।

नयाँ दलको संरचना अनुसार संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठलाई बनाइएको छ । सो परिषद् नीति निर्माणको अङ्ग भएको श्रेष्ठले बताए । पार्टीको सहअध्यक्षमा रेणुकुमारी यादव छिन् ।

चारजना उपाध्यक्ष छन् । जसमा जनध्वज कङ्दङ्वा, नवलकिशोर साह, परशुराम बस्नेत र सुशीला श्रेष्ठ छन् ।

पार्टीको महासचिवमा मोहम्मद इश्तियाक राई छन् । प्रदीप यादव उपमहासचिव छन् । दीपक कार्की र रन्जु ठाकुर सचिव छन् । डा वीरेन्द्र महतो कोषाध्यक्ष छन् ।
अध्यक्ष यादव अमेरिकामा रहेका बेला जसपा विभाजन भएको हो ।

नयाँ जसपाको ३० सदस्यीय केन्द्रीय समिति

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved