ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ईशनाथ-५ स्थित आधारभूत विद्यालयको २ कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

आरोपपत्रमा गुप्तासहित नगरका तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यायलका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुले २ लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved