नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालियो, किताब-कपडा पनि यसरी फालिन् सञ्चालकले (भिडिओ)

वडाध्यक्ष पोखरेलले भने, ‘‘होस्टलवाला रेग्मीले महिना नमरेको भए पनि अहिले तीन–तीन हजार रुपैयाँ दिन भनेकी थिइन् । तर, ती छात्राले पनि आफूहरूसँग अहिले नभएको बताए । त्यसपछि रेग्मीले छात्राहरूका किताब–कापी, कपडा फ्याँकिन् । कुटपिट गरिन् ।’’

नेपालभ्युज

नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालियो, किताब-कपडा पनि यसरी फालिन् सञ्चालकले (भिडिओ)

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले अग्रिम पैसा नदिएको भन्दै नर्सिङ छात्रालाई कुटपिट गर्दै निकालेकी छिन् ।

होस्टलकी सञ्चालक मधु रेग्मीले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओ मार्फत सार्वजनिक भएको छ ।

होस्टल सञ्चालक रेग्मी आफू काठमाडौं जानुपर्ने जनाउँदै अग्रिम रूपमा भाडा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् ।
तर, नर्सिङकी विद्यार्थीले केही दिनपछि होस्टल छाड्दै थिइन् । तर कहिले छाड्ने भन्ने टुङ्गो थिएन ।

तर, होस्टल सञ्चालक रेग्मीले महिना दिनको पुरै भाडा मागेको भिडिओमा देखिन्छ । तर विद्यार्थीले एक, दुई दिनपछि होस्टल छाड्ने र त्यतीबेलासम्मको मात्रै भाडा दिने बताएकी छिन् ।

तर, होस्टल सञ्चालक रेग्मीले भने महिना दिनको भाडा नदिए अहिल्यै निस्केर जान भन्दै कुटपिट गरेकी विराटनगर–८ का वडाध्यक्ष राम पोखरेलले बताए ।

वडाध्यक्ष पोखरेलले भने, ‘‘होस्टलवाला रेग्मीले महिना नमरेको भए पनि अहिले तीन–तीन हजार रुपैयाँ दिन भनेकी थिइन् । तर, ती छात्राहरूले पनि आफूहरूसँग अहिले नभएको बताइन् । त्यसपछि रेग्मीले छात्राहरूका किताब–कापी, कपडा फ्याँकिन् । कुटपिट गरिन् ।’’

होस्टलको उक्त रुममा तीन छात्रा बस्दै आएका थिए । उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययन गर्न आएका छात्रा हुन् । केही दिनयता मात्र उक्त होस्टलमा बस्न थालेका ती छात्राहरूले होस्टललाई दिनुपर्ने फागुन महिनाको सम्पूर्ण पैसा दिइसकिथिइन् । तर, भोलिसम्ममा त्यो होस्टेल छोड्ने योजनामा रहेको भए पनि होस्टलकी सञ्चालिकाले चैत्रको पनि ३–३ हजारका दरले ‘एड्भान्स’ दिनुपर्ने बताउँदै राती होस्टेल छोड्न धम्की दिएकी छात्राहरूको आरोप छ ।

होस्टल सञ्चालकले डर देखाउँदै गाली–गलौच तथा हातपात गरेकी जनाउँदै ती छात्राहरूले सम्बन्धित निकायप्रति ध्यानाकर्षण गरेका छन् ।
यता, मोरङ प्रहरीले भने हालसम्म उक्त घटनालाई लिएर जाहेरी नपरेका कारण कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved