भोजमा माछा नखुवाएको भन्दै बेहुला पक्षले भाँडे बिहे, एक सातापछि फेरि सहमतिमै दुलही लिएर गए

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं–४ को मधवल टोलमा अघिल्लो सोमबार बेहुला पक्षधरहरूले खानामा माछा नखुवाएको केटा पक्ष दुलही नलिइए गएका थिए । दुई पक्षबीच कुटाकुट भयो । बेहुलाका बुबा घाइते भएका थिए ।

नेपालभ्युज

भोजमा माछा नखुवाएको भन्दै बेहुला पक्षले भाँडे बिहे, एक सातापछि फेरि सहमतिमै दुलही लिएर गए

पर्सा । बिहेको भोजमा बेहुली पक्षले माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न भएको छ । खानाको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको थियो ।

घटना पर्साको हो । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं–४ को मधवल टोलमा अघिल्लो सोमबार बेहुला पक्षधरहरूले खानामा माछा नखुवाएको केटा पक्ष दुलही नलिइए गएका थिए । दुई पक्षबीच कुटाकुट भयो । बेहुलाका बुबा घाइते भएका थिए । त्यसपछि बिहे नै भाँडिएको थियो ।

गत सोमबारदेखि नै दुवै गाउँका अगुवा समाजसेवीहरूले बिहे हुनुपर्ने अडान राख्दै निरन्तर छलफलमा लागेका थिए । छलफलमा अगुवाहरूले फेरि बिहे गराउन दबाब दिए ।

बेहुला र बेहुलीका परिवार लगायत आफन्तहरू रद्द गरिएको बिहे राजी खुसीका साथ फेरि गर्न तयार भए । सोमबार राति फेरि विवाह भएको हो । सहमतिमा पुगेसँगै गए राती अबेर बिहे सम्पन्न भएको छ । तर, दुलही पक्षको भने खर्च दोहोरो खर्च भएको छ ।

सुनको सिक्री नपाएपछि बिहे रद्द गरी जन्ती फिर्ता लाने बेहुला पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved