अपरेशन चलाएर प्रहरीले बरामद गर्यो डेढ करोड रुपैयाँ, आठ जना पक्राउ

नेपालभ्युज

अपरेशन चलाएर प्रहरीले बरामद गर्यो डेढ करोड रुपैयाँ, आठ जना पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्जबाट १ करोड ३० लाख ४८ हजार ७ सय रुपैयाँ बराबरको नेपाली नोट बरामद भएको छ ।

यस्तै १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँके प्रहरीको भनाइ छ । अवैध कारोबारमा संलग्न रहेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार र सोमबार अपरेशन चलाएर ३ वटा समूहका ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए ।

सोमबार बसपार्कस्थित होटलबाट प्रहरीले ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँसहित सन्तोष दङ्गेली, होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख पनि बरामद भएको एसपी बोहोराले बताए ।

त्यस्तै, ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँसहित बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved