दशरथ रङ्गशाला लायक नभएपछि नेपालले होम म्याच पनि बहराइनमा खेल्ने

नेपालभ्युज

दशरथ रङ्गशाला लायक नभएपछि नेपालले होम म्याच पनि बहराइनमा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बहराइनविरुद्धको होम म्याच पनि बहराइनमै खेल्नु पर्ने भएको छ ।

नेपालको दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

छनोटको दोस्रो चरणअन्तर्गत आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका थियो । अब त्यो खेल नेपालले बहराइनमा खेल्न लागेको हो ।

यसको आधिकारिक घोषणा हुन भने हुन बाँकी रहेको एन्फाले जनाएको छ ।

यस्तै चैत १३ गते नेपालले बहराइनमा अवे म्याच खेल्ने तालिका छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह एचमा छ । नेपालले यसअघि यूएईसँग उसैको मैदानमा र यमनसँग घरेलु मैदानमा खेलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved