उद्घाटन कार्यक्रममा जाँदै गर्दा बागमतीका मुख्यमन्त्री बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

नेपालभ्युज

उद्घाटन कार्यक्रममा जाँदै गर्दा बागमतीका मुख्यमन्त्री बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।

रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा उनी बाटोमै खाल्टे भन्ने ठाउँमा पुगेपछि बिरामी भएका हुन् ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved