गुम्बा बनाउन सहयोग जुटाउनका लागि इलामको करफोकमा गुन्जिँदै नेपथ्य

गुम्बा निर्माण मा सहयोग उठाउन करफोक विद्यामन्दिरको परिसरमा कन्सर्ट हुनेछ । लाप्चाहरूले बोल्ने रोङ भाषामा ढुकुरलाई करफोक भनिन्छ ।

नेपालभ्युज

गुम्बा बनाउन सहयोग जुटाउनका लागि इलामको करफोकमा गुन्जिँदै नेपथ्य

काठमाडौं । इलामको करफोकमा चर्चित ब्यान्ड नेपथ्य चैत ३ गते शनिबार गुन्जने भएको छ । इलामकै न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ ‘इलाम गुरुङ समाज’ले कन्सर्ट गर्न लागेको हो ।

इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ । सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीन तल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ ।

गुम्बा निर्माण मा सहयोग उठाउन करफोक विद्यामन्दिरको परिसरमा कन्सर्ट हुनेछ । लाप्चाहरूले बोल्ने रोङ भाषामा ढुकुरलाई करफोक भनिन्छ ।

करफोक विद्यामन्दिर मेची राजमार्गसँगै जोडिएको छ । यो विद्यालय फिक्कल भएर इलामबजारतर्फ जाँदा बाटैमा अर्थात् सूर्योदय नगरपालिका अन्तर्गत पर्छ ।

नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्यान्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरूमा ८० भन्दा बढी साङ्गीतिक प्रस्तुति दिइसकेको छ । केही महिनाअघि मात्र जापान र क्यानाडाका शृङ्खलाबद्ध भ्रमण सम्पन्न भएपछि नेपथ्यले इलामको करफोकको प्रस्तुति दिन लागेको हो । नेपथ्यले केही समयमै युरोपको अर्को शृङ्खलाबद्ध कन्सर्ट गर्ने छ ।

नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘‘‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एक पटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलोदेखिको हो । यसपटक इलामका साथीहरूले जोग मिलाइदिनुभएकोमा असाध्यै खुशी लागेको छ ।’’

गुम्बा निर्माणको लागि आयोजना गरिएको कन्सर्टको टिकट मूल्य एक हजार एक सय रुपैयाँ राखिएको छ । ‘गुम्बा निर्माणले एकातिर हाम्रो धार्मिक धरोहरको निम्ति कोषको व्यवस्था हुने र सङ्गीतका माध्यमबाट समेत इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ’ गुम्बा निर्माण समिति अध्यक्ष हरि गुरुङले भने ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved