बाबुरामले दिए प्रचण्डलाई दनक, भन्छन्-“धूल चेहरे पर थी और मैं आइना साफ करता रहा”

नेपालभ्युज

बाबुरामले दिए प्रचण्डलाई दनक, भन्छन्-“धूल चेहरे पर थी और मैं आइना साफ करता रहा”

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कहिले यता र कहिले उता गर्ने प्रचण्डको बानीप्रति कटाक्ष गरेका छन् ।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सबैलाई मिलाएर लैजान भूमिका खेल्नु पर्नेमा आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसँग र कहिले कोसँग टाँसिने प्रचण्ड प्रवृत्ति देखिएको भन्दै बाबुरामले यसरी शान्तिप्रक्रिया टुंगिन्छ ? भनेर सामाजिक संजालमार्फत प्रश्न पनि गरेका छन् ।

एक स्टाटसमा गालिबको एक कवितांश उद्धृत गर्दै उनले परिणाम आएन भनेर प्रचण्डले गठबन्धन फेरिरहने तर, आफूतिर भने नहेर्ने गरेको आरोप लगाएका छन् ।

उनले खेलेका छन्, “धूल चेहरे पर थी और मैं आइना साफ करता रहा”!गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम , प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न।’

बाबुराम अगाडी प्रश्न गर्छन्, ‘उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ- म बाॅचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे! अग्रगामी कि पश्चगामी उथलपुथल ? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved