निष्कर्षविहीन बन्यो नागरिक उन्मुक्तिको बैठक, बुधबार फेरि बस्ने

नेपालभ्युज

निष्कर्षविहीन बन्यो नागरिक उन्मुक्तिको बैठक, बुधबार फेरि बस्ने

काठमाडौं । नयाँ गठबन्धनबारे निर्णय गर्न बसेको नागरिक उन्मुक्ति पार्टीको बैठक विनानिष्कर्ष सकिएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र पदाधिकारी बैठक विनानिष्कर्ष बुधबार पुन बस्नेगरी सकिएको एक नेताले जानकारी दिए ।

आजको बैठकमा पार्टीभित्रै बढेको तीव्र गुटबन्दी र मनमुटावका विषयमा आज छलफल भएको र भोलि सरकार र नयाँ गठबन्धनबारे छलफल हुने ती नेताको भनाई छ ।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गर्दै आएको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved