बझाङमा मतगणना सुरु

नेपालभ्युज

बझाङमा मतगणना सुरु

काठमाडौं । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।

छविसपाथिभेरा गाउँपालिका-१ र २ बाट गणना थालिएको जिल्ला निर्वाचन अधिकृत मनबहादुर धामीले जानकारी दिए ।

शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

नेकपा एमालेका तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved