‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ सार्वजनिक

नेपालभ्युज

‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ सार्वजनिक

काठमाडौं । लेखक रोहेज खतिवडाले एक्काइसौँ शताब्दीको पहिलो साढे दुुई दशकका विशेषताहरु चित्रण गरिएकोे ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक बजारमा ल्याएका छन् । काठमाडौंमा एक कार्यक्रम गरी उनको पुस्तक सार्वजनिक भएको हो ।

वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आममानिसले संघर्ष गरिरहेका छन् । स्वतन्त्रता र निगरानीबीच आम मानिसले गरिरहेको त्यही संघर्ष देखाउने किताब हो ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ ।

किताबमा युुभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरु समेटिएका छन् । पछिल्लो समयमा छापिएका यी ११ लेखकका लेखहरु रोहेज खतिवडाले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

प्रविधिमा आधारित जायन्ट टेक कम्पनीको एकाधिकार र त्यसको संरक्षणका लागि उदाइरहेको फाँसीवादी सत्ताको गठजोडसँग आम मानिसको कस्तो संघर्ष हुन्छ भन्ने विषयहरु पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए ।

पुस्तक सार्वजनिक कार्यक्रममा कथाकुुथुुङ्ग्री समूहले किताब वाचन र अनुवादकसँग संवाद गरेको थियो । नीलाले क्यालिग्राफी गरेका थिए । र, द एरोइज ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल, लेखक नारायण वाग्लेलगायतको उपस्थिति रहेको थियो ।

पुस्तकलाई इन्डिगो इनक प्रालिले बजारमा ल्याएको हो । यसको मूल्य ४४९ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved