सुपरस्टार बुवाका महाफ्लप छोरा

नेपालभ्युज

सुपरस्टार बुवाका महाफ्लप छोरा

एजेन्सी । देवानन्द भारतीय सिनेमाको सुनौलो समयका महान् नायक तथा अभिनेता थिए ।

देवानन्दलाई उनका प्रसशंक तथा मन पराउनेहरुले ‘देव साहब’ पनि भन्ने गर्थे । उनको जीवनशैली तथा व्यक्तित्वले सबैलाई आकर्षित गर्दथ्यो ।

देवानन्दका छोरा सुनील आनन्दले पनि स्टार बन्ने सपना देखेका थिए तर सपना पूरा भने हुन सकेन ।

सुनील आनन्दले सन् १९८४ को फिल्म ‘आनन्द और आनन्द’ बाट आफ्नो करिअरको शुरुआत गरेका थिए ।

यो फिल्मलाई सुनीलका बुवा देवानन्दले नै निर्देशन गरेका थिए । सुनील आनन्दसँग देवानन्दले पनि यस फिल्ममा काम गरेका थिए ।

बुवाले बलिउडमा राज गरे पनि छोराको भाग्यले भने साथ दिएन । उनका चार वटै फिल्म बक्स अफिसमा नराम्रोसँग डुबे ।

हरेक फिल्म त्यसरी डुबेपछि उनले फिल्म तथा अभिनय मेरो लागि होइन भन्ने बुझे र समयमै त्यसबाट अलग भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved