के शाहरुख खानसँग फिल्ममा देखिँदैछन् जोन सिना ?

नेपालभ्युज

के शाहरुख खानसँग फिल्ममा देखिँदैछन् जोन सिना ?

एजेन्सी । बलिउडका बादशाह शाहरुख खानका प्रसशंक भारतमा मात्र नभएर संसारभर नै छन् । बलिउडदेखि हलिउडसम्म उनको फ्यान फलोइंग एकदमै राम्रो छ ।

त्यस्तै शाहरुखको प्रसशंकको लिस्टमा डब्लुडब्लुईका रेसलर तथा हलिउड सुपरस्टार जोन सीनाको नाम पनि सामेल छ ।

हालै जोनले एकपटक फेरि शाहरुख खानलाई लिएर आफ्नो लगाव सामाजिक सञ्जालमा देखाएका छन् । जोन सीना शाहरुख खानको पहिला नदेखिएको तस्वीर शेयर गरेर चर्चामा आएका छन् ।

जोन सीनाले शाहरुखको तस्वीर शेयर गरेसँगै चारैतिर उनीहरु के सँगै छिट्टै कुनै फिल्ममा देखिनेछन् कि भन्ने हल्ला चल्न थालेको छ । यस विषयमा आधिकारिक जानकारी भने कतैबाट प्राप्त हुन सकेको छैन ।

यसअघि पनि जोन सीनाको एउटा भिडिओ सामाजिक संजालमा आएको थियो जहाँ उनले शाहरुख खानको सुपरहिट फिल्म ‘दिल तो पागल हे’ को चर्चित गीत ‘भोली सी सुरत’ गीत आएको देखिएका थिए । जोन सीनाको यो भिडिओ पनि भाइरल भइरहेको छ ।

त्यसो त जोन सीनाले शाहरुखको बारेमा पोस्ट गरेको पहिलो पटक भने होइन । उनले यसअघि पनि धेरैपटक शाहरुखको प्रसंशा गर्दै तस्वीर शेयर गरिसकेका छन् । यसपटक भने उनीहरु कुनै प्रोजेक्टमा सँगै देखिनेछन् कि भन्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved