काठमाडौंं । कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच तीन बुँदे सहमति भएको छ । विराटनगरस्थित होटल स्टर्न स्टारमा बुधबार भएको दोस्रो वार्तामा उक्त सहमति भएको हो ।
प्रदेशको पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्ता सम्ममा पहल गर्ने सहमति भएको हो ।
सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्बर ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत भयो र सो विषयप्रति दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फाल्गुन मसान्तभित्र कार्यान्वयन गर्ने सहमति भएको छ ।
यसैगरी पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेस गर्न सरकार पक्षबाट २ जना र आन्दोलनरत पक्षबाट २ जना रहने गरी एक कार्यदल गठन गर्ने सहमति भएको हो ।

Facebook Comment
Comment