नेपालीले अब सहजै भारतको सिम कार्ड खरिद गर्न पाउने

नेपालभ्युज

नेपालीले अब सहजै भारतको सिम कार्ड खरिद गर्न पाउने

काठमाडौं ।  नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै भारतको सिम कार्ड खरिद गर्न पाउने भएका छन्।

भारतको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्थाबारेमा जानकारी गराएको हो ।

भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड खरिद गर्न पाउने जनाइएको छ ।

त्यस्तै भारतस्थित नेपाली दूतावासले जारी गरेको फोटोसहितको प्रमाणपत्रले पनि सिम कार्ड खरिद गर्न सकिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved