अमेरिकी राष्ट्रपति बाइडेनले भने : नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार

नेपालभ्युज

अमेरिकी राष्ट्रपति बाइडेनले भने : नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेनको पहिलो प्रतिक्रिया आएको छ । उनले यसका लागि पुटिनलाई जिम्मेवार ठहर गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले शुक्रबार भनेका छन्, ‘पुटिनका आलोचक र विपक्षी नेता नाभाल्नीको मृत्युले आफूलाई अचम्मित तुल्याएको छैन । तर, आफूलाई रिसले उठाएको छ ।’

बाइडेनले नाभाल्नीको बारेमा भने, ‘उनी साहसका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै खराब कामहरूविरुद्ध खडा थिए । नाभाल्नीको मृत्युको लागि पुटिन जिम्मेवार छन्।’

शुक्रबार नाभाल्नीको ४३ वर्षको उमेरमा मृत्यु भएको थियो ।

फाइनान्सियल टाइम्सका अनुसार शुक्रबार जेलभित्रै हिँडेक्रममा उनी एक्कासी बिरामी परेका थिए । बेहोस भएका उनको त्यही मृत्यु भएको जेल प्रशासनले जनाएको छ ।

डाक्टरहरु तुरुन्तै पुगेपनि बचाउन नसकिएको दाबी प्रशासनको छ । नाभाल्नीले १९ वर्षको जेल सजाय काटिरहेका थिए । उनी सन् २०२१ मा जेल परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved