पाल्पा दुर्घटना : तिनाउ गाँउपालिकाले दियो शोक बिदा

नेपालभ्युज

पाल्पा दुर्घटना : तिनाउ गाँउपालिकाले दियो शोक बिदा

काठमाडौं । दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा पाल्पाको तिनाउ गाउँपालिकाले आज बिदा दिएको छ । मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले आज शोक बिदा दिएको हो ।

गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरूमा बिदा दिएको जनाएको छ ।

गाउँपालिकाको वडनम्बर ६ मा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जना पालिका भित्रैका नागरिक थिए ।

दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । घाइते १६ जनाको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved