प्यूठानमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

नेपालभ्युज

प्यूठानमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो
सांकेतिक तस्वीर।

प्यूठान । प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा दाङको घोराही उपमहानगरपालिका–१५ का २७ वर्षीय बिमल डाँगीको ज्यान गएको छ ।

रा ५ प १५२८ नम्बरको मोटरसाइकल प्यूठानको माण्डवी गाउँपालिका–१ मुर्कुटी चौरमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved